लागुऔषध नियन्त्रण गर्न बगरमा ‘सचेतना कार्यक्रम’

कास्की | जेठ ३०, २०७९

लागुऔषध नियन्त्रण गर्न बगरमा ‘सचेतना कार्यक्रम’

पोखरा:  पोखरा महानगरपालिका १ बगरमा भिमकाली क्लबको व्यवस्थापनमा लागुपदार्थ नियन्त्रणमा युवाहरुको भूमिका विषयक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

 

लागुऔषध नियन्त्रण व्युरो गण्डकी  प्रदेशको सहयोगमा भिमकाली क्लबको व्यवस्थापन तथा लागुपदार्थ नियन्त्रण तथा सुधार आमा समुहको आयोजनामा आइतबार सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

 

उक्त कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका १ का नवनिर्वाचित अध्यक्ष साहरा प्रधानले गरे । सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले युवाहरु कुलतमा फस्न नहुने धारणा राखे । युवाशक्ति विकासको मेरुडण्ड भएको उल्लेख गर्दै उनले रचनात्मक र सकरात्मक काममा लाग्नुपर्नेमा जोड दिए ।

 

उनले युवाहरु भविष्यको कर्णधार मात्रै नभई वर्तमानको साझेदारी समेत भएको भन्दै युवालाई समाज रुपान्तरणमा अभिप्रेरित गर्नेगरि क्लब लागेको वडाले काम गर्ने बताए । ‘समाज परिवर्तन गर्न युवाको भूमिका ज्यादै ठुलो हुन्छ, उनले भने, ‘यो कार्यक्रमले पनि लागुऔषधबाट टाढै रहनपर्छ भन्ने सन्देश दिएको छ र समाज विकासमा ठुलो सघाउ पुग्ने विश्वास लिएको छु ।’

 

अध्यक्ष प्रधानले युवाहरुलाई अग्रसर गराउनका लागि वडाले सधैं पहल गर्ने समेत बताएका थिए । 

 

यसैगरी मुख्य प्रशिक्षकका रुपमा रहेका लागुऔषध नियन्त्रण व्युरो गण्डकी  प्रदेश प्रहरीका प्रहरी नायव निरिक्षक विद्याधर त्रिपाठीले युवाहरु लागुऔषधमा फस्नु पछाडिका कारण र लागुऔषधको बेफाइदा र  यसको नियन्त्रणमा युवाको भूमिकाबारे प्रशिक्षण दिएका थिए । 

 

लागुपदार्थ नियन्त्रण तथा सुधार आमा समुहका अध्यक्ष विष्णु गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा भिमकाली क्लबका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्